Connect with us
Kapilvast Forest

माछा मार्न गएका युवकको शव ६ दिनपछि फेला

२०७७, २९ चैत्र आईतवारमा प्रकाशित

death

 

गोरखा- माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको ६ दिनपछि शव फेला परेको छ। सहिद लखन थापा गाउँपालिका–४ ठेउवाटारका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

चैत २३ गते सोमबार साँझ साथीहरुसँगै घरबाट माछा मार्न भनेर नदीमा गएका प्रजा नफर्किएपछि उनको खोजी हुँदै आएको थियो। प्रजाको शव त्रिशूली नदी किनारमा फेला परेको प्रहरी नायब उपरीक्षक दाहालले बताए। उनलाई नदीले बगाएर बेपत्ता बनाएको थियो। बेपत्ता प्रजाको सोही रातिदेखि खोजी भए पनि फेला पर्न सकेका थिएनन्।

स्थानीयवासीले सहिद लखन थापा गाउँपालिका–४ स्थित भुते बगरको त्रिशूली नदी किनारमा शव तैरिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रजाको शव परीक्षण गरी अन्येष्टिका लागि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj