सबस्टेशन अन्तिम चरणमा, लाईन विस्तार गर्न १५ हजार रुख काट्नु पर्ने
नवलपरासी-नेपाल सरकारको लगानी बन्न लागेको न्यु बुटवल वर्दघाट २२० केवि प्रसारण लाईनको क्षेत्रमा स्थानीय सामुदायिक बनका १५ सय रुख काटिने भएका छन ।
पश्चिम नवलपरासीको सुनवल बडेरामा निर्माणाधीन २२० केवि प्रसारण लाईनको सबस्टेशनको निर्माणको काम अन्तिम चरणमा पुगेको र दोस्रो चरणमा वडेरादेखि वर्दघाट सम्मको विद्युत् प्रशारण लाईन विस्तारका लागि विद्युत लाईन विस्तर हुने क्षेत्रमा ठूलो संख्यामा रुख काटिने भएको न्यु बुटवल वर्दघाट २२० केवि प्रसारण लाईन एवं सबस्टेशन परियोजनाका सूचना अधिकृत अशोक पोखरेलले बताउनु भयो ।
पोखरेलका अनुसार सुनवल नगरपालिकाको वार्ड नम्बर १२ बडेरामा निर्माण अन्तिम चरणमा पुगेको न्यु बुटवल वर्दघाट २२० केवि प्रसारण लाईनको सबस्टेशनबाट विद्युत लाईन वर्दघाटको विद्युत केन्द्रसम्म पुर्याउन पूर्वपश्चिम राजमार्गको उत्तरतर्फको चुरे पहाडको फेदीबाट प्रशारण लाईन लगिने गरि योजना बनाईएको छ । यो प्रशारण लाईन लैजाने क्षेत्रमा अधिकांश सामुदायिक बन रहेको र सो क्षेत्रबाट १५ हजार ठुला रुख काटिने भएको हो ।
यो प्रशारण लाईन सुनवल नगरपालिकाको वर्दगोरिया, सरावल गाउँपालिकाको वार्ड नम्बर १, २, वर्दघाट नगरपालिकाको वार्ड नम्बर २, ४, ५, एवं १० हुदै वर्दघाटको विद्युतमा पुग्ने गरि योजना पास भएको बताईएको छ ।
यो प्रशारण लाईन विस्तार गरिने क्षेत्रमा चिसापानी सामुदायिक बन, बडेरा सामुदायिक बन, बाबा वर्दगोरिया सामुदायिक बन, भगवती सामुदायिक बन, कोटई देखि सामुदायिक बन, डम्बरभार सामुदायिक बन लगायतका सामुदायिक बन क्षेत्र पर्ने छ भने यी क्षेत्रबाट साना लाथ्राहरु छाडेर १५ हजार ठूला रुख काटनु पर्ने भएको बताईएको छ ।
सुनवलदेखि वर्दघाट सबस्टेशन सम्मको २१ ्किलोमिटरको दुरी पार गरि प्रशारण लाईन बन्ने छ । प्रसारण लाईन विस्तारको क्षेत्रमा कटान गर्नु पर्ने रुखको गणना सकिएको छ । यो प्रशासरण लाईन नेपाल सरकारको करिब ६५ करोड रुपियाँको लगानीमा बन्न लागेको बताईएको छ ।
यो प्रशारण लाईन परियोजनाको निर्माणको ठेक्का पावर चाईना सेप्को वान ईलेिक्ट्रक पावर कन्सट्रक्सन कम्पनीले पाएको छ । यो परियोजना आर्थिक वर्ष २०७८÷७९ भित्र निर्माण कार्य सकिने गरि सम्झौता भएको बताईएको छ । सुनवल देखि वर्दघाट सबस्टेशन सम्मको २१ ्किलोमिटरको दुरी पार गरि बन्न लागेको प्रसारण लाईनमा ६० वटा टावर बन्ने छन ।
यो सबस्टेशन एवं प्रसारण लाईन बनी सके पछि कालिडण्डकी बेसीनबाट आउने विद्युत राष्ट्रिय प्रशासण लाईनमा जोडिदा नवलपरासी, बुटवल भैरहवा लगायतका क्षेत्रमा विद्युत् प्रसारणको काम सहज हुने छ । औधोगिक क्षेत्रको रुपमा विकास भई रहेको पश्चिम नवलपरासीको भुमही देखि बाईपास रोड हँुदै भैरहवासम्मको क्षेत्रमा उद्योग प्रयोजनको विद्युत कम क्षमताको रहेका कारण उद्योगको संचालनमा समस्या भई रहेको अवश्थामा यो समस्या समेत यो परियोजनाले समाधान गर्ने बताईएको छ ।a