Connect with us
Kapilvast Forest

प्रदेश २ मा माओवादीले दलको नयाँ नेता छान्यो

२०७७, २९ चैत्र आईतवारमा प्रकाशित

 

काठमाडौं-नेकपा माओवादी केन्द्रले प्रदेश २ मा संसदीय दलको नेतामा भरतप्रसाद साहलाई चयन गरेको छ । तत्कालीन माओवादीबाट दलको नेता रहेका रामचन्द्र मण्डल नेकपा एमालेमा प्रवेश गरेपछि उहाँको स्थानमा साह चयन हुनुभएको छ  ।

सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टी विघटित भई एमाले र माओवादी पुनः अस्तित्वमा आएपछि मण्डल एमालेतिर लागेका थिए । दलको बैठकले मण्डललाई हटाई शनिबार साहलाई चयन गरेको नेकपाले जनाएको छ ।

साह महोत्तरीबाट प्रदेश सभामा निर्वाचित सांसद हुनुभएको हो  । बैठकले सिराहाबाट निर्वाचित जगतप्रसाद यादवलाई उपनेता चयन गरेको छ । प्रमुख सचेतकमा सिराहाका दिलीप साह र सचेतकमा रुवि कर्ण चयन हुनुभएको छ  ।

बैठकले प्रतिनिधिसभा विघटनपश्चात् प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका रामचन्द्र मण्डल, ज्वाला साह, मो। समिर, कुन्दन साहलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरे को छ । प्रदेश २ मा माओवादी केन्द्रका ११ सांसद छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu