Connect with us
Kapilvast Forest

संयुक्त साझेदारीमा नौमुरे: ऊर्जा मन्त्री रायमाझी

२०७७, २९ चैत्र आईतवारमा प्रकाशित

प्यार अलि खान-
बहुप्रतिक्षित नौमुरे बहुउदेश्यीय परियोजना नेपाल सरकार र नेपाली जनताकै लगानीमा बन्ने उर्जा, जलश्राेत तथा सिंचाई टोपबहादुर रायमाझीले बताएका छन्।
आज एक कार्यक्रमका बिच अर्घाखाँची र प्यूठानको सिमानामा पर्ने २८१.४ मेगावाट विद्युत क्षमता भएको नौमुरे वहुउद्देश्यीय परियोजनाको शितगंगा-७ लामातालमा कार्यालय उद्घाटन गर्दै रायमाझिले नौमुरे योजना अघि बढेको उद्वघोष गरे। ‘नौमुरे अघि बढ्छ, अब कसैले रोकेर रोकिँदैन।’ उनले भने। समृद्धिको आधारमध्ये नौमुरे एक भएकाले सबैभन्दा पहिले यही कामलाई प्राथमिकता दिने उनको भनाई छ । यो योजना सम्पन्न भए धेरैलाई रोजगारी मिल्ने र १३ अर्व रकम एक बर्षमा आम्दानी गर्न सकिने आधार रहेको रायमाझिको दावी छ।
नौमुरे जलासययुक्त आयोजना भएकाले यसबाट विद्युत् उत्पादनका साथै कृषि, पर्यटन र सिचाईमा उल्लेख्य उपलब्धि हासिल हुनसक्ने लुम्बिनी प्रदेस सांसद हरिप्रसाद रिजालले विश्वास व्यक्त गरे।

परियोजनाका ईन्जिनियर शंकर साउदले नौमुरेको डिपीआर सकिएसंगै निर्माणको प्रारम्भिक काम अघि बढाउन कार्यालय स्थापना गरिएको जानकारी दिएका छन्। विद्युत विकास विभागले हालै गरेको संभाव्यता अध्यान प्रतिवेदन अनुसार कम्तीमा छ वर्षभित्र निर्माण सम्पन्न गर्न सकिने भनिएको यो आयोजनाको लागत एक खर्ब छ अर्ब रुपियाँ अनुमान गरिएको छ । नौमुरेको सर्वेक्षण अध्ययन २०४४ भएको थियो। नौमुरे पटक पटक चर्चामा आएपनी कामले गति लिन सकेको थिएन। यहाँ कार्यालय स्थापना भएसंगै नौमुरे बन्नेमा स्थानीय उत्साहित भएका छन।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu