Connect with us
Kapilvast Forest

जाजरकोटमा ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट

२०७७, ३१ चैत्र मंगलवारमा प्रकाशित

सुर्खेत –जाजरकोटमा ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरिएको छ । जिल्लाको नलगाड नगरपालिका वडा नम्बर २, ३, ४, ५ र ६ का विभिन्न स्थानमा लगाइएको अफिम नष्ट गरिएको हो ।

चार दिनमा ७१ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्रमुख डीएसपी मधुकुमार थापाले बताउनुभयो ।

 

डीएसपी थापाका अनुसार नलगाड वडा नम्बर–२, नहकुलीमा ४ रोपनी, वडा नम्बर ३ को काँक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे ८ रोपनी, द्वारेमा ८ रोपनी वडा नम्बर ६ भारगाँउमा आधा रोपनी, सिर्पाचौरमा ७ रोपनी, किटालेकमा साढे ६ रोपनी, गर्छेनामा साढे ११ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको छ ।

अफिम खेती गरिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको टोलीले नष्ट गरेको हो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu