निर्धन उत्थान लघुबित्त ठेचो शाखाद्वारा डा.हरिहरदेव पन्त स्मृती छात्रवृत्ति बितरण
झबिन भण्डारी – निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाहरुले प्रदान गर्ने हरेक बर्षको डा. हरिहरदेव पन्त स्मृती पुरस्कार आज एक कार्यक्रम को आयोजना गरि निर्धन उत्थान लघुबित्त बित्तिय सस्था शाखा कार्यालय ठेचोले प्रदान गरेको छ।
ललितपुर नगरपालिका वडा न ५ की सदस्य दुर्गा सिल्वालको छोरा सन्देश सिल्वाल तथा ललितपुर नगरपालिका वडा न ३ कि सदस्य सीता तामाङकी छोरी स्मृती तामाङलाइ शाखा कार्यालय ठेचोका शाखा प्रबन्धक हिरालाल बि.कले नगद तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गर्नुभएको थियो।
कार्यक्रममा बोल्दैन प्रबन्धक बि.कले निर्धन उत्थान लघुबित्त सस्थाले प्रत्येक बर्ष यस्तै कार्यक्रम मार्फत बिद्यार्थीहरुलाइ हैसाला प्रदान गरेको भन्दै आगामी दिनमा अझ शैक्षिक सफलताको कामना गर्नुभएको थियो।कार्यक्रम को सन्चालन कुशल बाबू नेपालले गर्नुभएको थियो।