Connect with us
Kapilvast Forest

राष्ट्रीय प्रजातंत्र पार्टीको नगर अध्यक्षमा गुप्ता चयन

२०७८, १ बैशाख बुधबारमा प्रकाशित

कृष्णनगर-कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका स्तरीय राष्ट्रीय प्रजातंत्र पार्टीको नगर स्तरीय कमिटी सर्व सम्मतिमा जय प्रकाश गुप्ता नगर अध्यक्षमा चयन हुनु भएको छ साथै उहाँ सगैं ३१ सदस्यि कमिटी गठन गरेको छ ।

राष्ट्रीय प्रजातंत्र पार्टीको कृष्णनगर नगर परिषद तथा अधिवेशनको अध्यक्षता राष्ट्रीय प्रजातंत्र पार्टीका क्षेत्रीय अध्यक्ष प्रताप सिंह चौधरीको रहेको थियो ।

प्रमुख अतिथि राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य पुष्पा रजौरिया अतिथिहरूमा राष्ट्रीय प्रजातंत्र पार्टीका केन्द्रीय सदस्य श्याम कुमार मिश्र, दिनेश चन्द्र गुप्ता, धुव्र राम रायमाझी, कृष्ण बहादुर चौधरी र कपिलवस्तु जिल्ला अध्यक्ष नारायण बहादुर सिंह , पार्टीका नेता, कार्यकता लगायतको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा वक्ता हरूले राष्ट्रीय प्रजातंत्र पार्टीको संगठन विस्तार गर्दै पार्टी लाई अझ सशक्त ढंग ले अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।कार्यक्रम राष्ट्रीय प्रजातंत्र पार्टीका जिल्ला उपाध्यक्ष प्रेम शंकर शुक्लले संचालन गर्नुभएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu