Connect with us
Kapilvast Forest

४ कर्मचारी गुमाएको गुल्मी प्रशासन शोकमा, सबै सेवा ठप्प

२०७८, २ बैशाख बिहीबारमा प्रकाशित

गुल्मी – सवारी दुर्घटनामा प्रशासकीय अधिकृतसहित चार जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय, गुल्मी शोकमा डुबेको छ। आज (बिहीबार) प्रशासनबाट हुने सबै सेवाप्रवाह रोकिएको छ।

नव वर्षको पहिलो दिन गुल्मीबाट प्युठानको स्वर्गद्वारी दर्शनका लागि कार्यालयका ११ जना कर्मचारीसहित १७ जना सवार रहेको लु १ज १६५५ नम्बरको जीप स्वर्गद्वारी नगरपालिका ३, रुमालेमा दुर्घटना हुँदा प्रशासकीय अधिकृत श्याम न्यौपाने ,कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका खरिदार ईश्वरी भण्डारी, नागरिकता फाँटका खरिदार यमलाल पन्थी र सवारी चालक केशव कार्कीको निधन भएको हो।

 

जिप दुर्घटना अपडेट स् सिडिओ कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित तीनको मृत्यु दुर्घटनामा गम्भीर घाइते भएका सन्दीप परियार, सार्थक ज्ञवाली, कमला पन्थी, गीता मुखिया, अनिष मुखिया, मुना पाण्डे र सुनिता कँडेललाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ।

घाइतेमध्ये सार्थक ज्ञवाली, कमला पन्थी र सुनिता कँडेलको छाउनी अस्पतालमा, सन्दीप परियार, गीता मुखिया र मुना पाण्डेको टिचिङ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी उद्धव पन्थीले जानकारी दिएका छन्‌। उनीहरूको अवस्था खतरामुक्त रहेको उहाँले बताउनुभयो ।

सोही जीपमा सवार अन्य पाँच जनामध्ये डिलबहादुर थापाको प्युठान बिजुवार अस्पतालमा उपचार भइरहेको तथा स्थानीय स्वास्थ्य केन्द्रमा उपचारपश्चात्‌ तारा भण्डारी ९बोहोरा०,आशिष बोहोरा, वसन्ती पौडेल र निकिता पौडेललाई डिस्चार्ज गरिएको छ।

मृतक पाँच जनामध्ये प्रशासकीय अधिकृत श्याम न्यौपानेको शव परिवारलाई जिम्मा लगाइ सकिएको र अन्य चार जनाको शव प्युठानबाट गुल्मी ल्याइ आजै परिवारको जिम्मा लगाउने प्रशासनले जनाएको छ।

बिहीबार प्रशासन कार्यालय बन्द

प्रशासकीय अधिकृतसहित चार जनाको सवारी दुर्घटनामा मृत्यु भएपछि‌ बिहीबार जिल्ला प्रशासन कार्यालय पूर्ण रूपमा बन्द रहेको छ।जिल्ला प्रशासन कार्यालय र गुल्मी नै शोकमा रहेकाले मृतकको शोक स्मृतिमा प्रशासन एक दिन बिहीबार ९आज० पूर्ण रूपमा बन्द रहेको प्रशासकीय अधिकृत उद्धव पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

साथै शुक्रबार ३ गतेदेखि सोमबार ६ गतेसम्म शान्तिसुरक्षा र मुद्दा सम्बन्धी कामहरू बाहेक अन्य सेवा प्रवाह नहुने समेत विज्ञप्तिमा लेखिएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu