Connect with us
Kapilvast Forest

महन्थ ठाकुरहरुसँग मिलेर सरकार जोगाउन खोज्नु गलत : घनश्याम भुसाल

२०७८, २ बैशाख बिहीबारमा प्रकाशित

ghanshyam

बुटवल -नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले विचार र सिद्धान्तमा विपरीत ध्रुवको जनता समाजवादी पार्टीसँग मिलेर सरकार टिकाउन खोज्नु गलत भएको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले वाम गठबन्धनको सरकार भत्काएर महन्थ ठाकुरहरुसँग मिलेर सरकार टिकाउन खोजेको आरोप उहाँले लगाउनुभयो ।

प्रेस चौतारी नेपाल (नेपाल पक्ष)ले गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो अहिलेको मुलुकको सबैभन्दा बिसंगत विषय भनेकै वाम गठवन्धनको सरकार भत्काएर विपरीत मुद्दा र सिद्धान्त बोकेकासंग गठबन्धन गरेर सरकार टिकाउनु हो’ भुसालले भन्नुभयो ।

भुसालले आउँदो चुनावसम्म पार्टीभित्र अन्तरसंघर्ष गर्दै जाने बताएका छन् । चुनावमा टिकट वितरणका बेला महाभारतमा पाण्डवले कौरवसंग खुट्टाले टेक्ने ठाउँ मागेजस्तै माग्ने र नदिए आम कार्यकर्ताको निर्णयअनुसार अघि बढ्ने उहाँको भनाइ छ ।

ओलीकै कारण एउटै कमिटीमा रहेर अन्तरसंघर्ष गर्ने अवस्था नभएकाले पार्टीभित्र समानान्तर कमिटीको अभ्यास गरेको उनहाँको स्पटोक्ति थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu