काठमाडौमा पनि आजदेखि नेपाल-खनाल पक्ष सक्रिय हुने
काठमाडौं – नेकपा एमालेको नेपाल खनाल पक्षको काठमाडौ जिल्ला कमिटीलाई आज पद बहाली गराइने भएको छ । पार्टीका शिर्ष नेताहरुको उपस्थीतिमा उनीहरुलाई बल्खुमा आयोजित एक समारोहका बीचमा सपथ ग्रहण गराई पद बहाली गराइने भएको हो ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरिरहेपछि बरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पनि आफ्नो तर्फबाट छुट्टै कमिटिहरु बनाउन थालेको हो ।
नेपाल खनाल पक्षले अन्य जिल्लाहरुमा पनि समानान्तर कमिटि गठन गरेर सक्रिय बनाएको छ भने सवै जिल्लामा समानान्तर कमिटि बनाउने योजना रहेको नेताहरुले जानकारी दिएका छन् ।
समानान्तर कमिटिले पार्टीकै गतिविधिहरु गर्ने र अन्ययमा र ओझेलमा परेका कार्यकर्ताहरुलाई संगठित गर्ने नेपाल खनाल पक्षको रणनीति देखिएको छ ।