Connect with us
Kapilvast Forest

कोहलपुरमा बस र टिपर जुध्दाँ ५ जनाको मृत्यु

२०७८, ३ बैशाख शुक्रबारमा प्रकाशित

बाँके-बाँकेमा शुक्रबार बेलुकी बस र टिपर एकआपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा ४२ जना घाइते भएका छन्। घाइते मध्ये सात जनाको अवस्था गम्भीर रहेको छ।

सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको मे १ ख ३३४८ नम्बरको बस र ना.अ.क–४१ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो। कोहलपुर-१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

शुक्रबार बेलुकी करिब ६ बजेतिर भएको दुर्घटनामा परि टिपरका चालकसहित दुई जना र बसमा सवार तीन जना गरी पाँच जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले मृतक र घाइतेको उद्दार गरि अस्पताल पुर्याउने काम भइरहेको बताए। जंगलमा भएको उक्त दुर्घटना तिब्रगतिका कारणले भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। खनालका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको, १४ जना मध्यम र २१ जना सामान्य रहेको छ।

घाइते​ सबैलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको उनले जानकारी दिए। मृतक र घाइतेको सनाखत भइनसकेको प्रहरीले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu