Connect with us
Kapilvast Forest

गृहमन्त्रीमा रामबहादुर थापा पुनःनियुक्त

२०७८, ५ बैशाख आईतवारमा प्रकाशित

 

काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेकपा (एमाले) का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा नियुक्त गर्नु भएको छ ।

नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम थापालाई राष्ट्रपति भण्डारीले मन्त्रीमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट विसं २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वाग्मती प्रदेशबाट निर्वाचित भएका थापाले दल त्याग गरेको सूचना माओवादी केन्द्रका राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले राष्ट्रियसभा सचिवालयमा गराउनुभउको थियो ।

थापाले दलत्याग गरेको भनी राष्ट्रियसभाले आइतबार सूचना जारी गरेपछि उहाँपदमुक्त हुनुभएको छ । सांसदबाट पदमुक्त भएपछि थापा मन्त्री पदबाट पनि स्वतस् मुक्त हुनुभएको थियो ।

अहिले उनी हाँसांसद सदस्य नभएका व्यक्ति मन्त्री हुने अर्को संवैधानिक व्यवस्था अनुसार मन्त्री भएका हुन् हुनुभएको छ र उहाँ सांसद नरहे पनि ६ महिनासम्म मन्त्री हुन पाउनुुहुने छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu