एकै दिन १ सय १२ बालबालिका संक्रमित
काठमाडौं – आइतबार १ सय १२ बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार शून्यदेखि नौ वर्ष उमेर समूहका २१ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका ९१ बालबालिका कोरोना संक्रमण पुष्टि भएको हो ।
हालसम्म १८ वर्षमुनिका बालबालिकाहरुलाई कुनै खोप सिफारिस नगरिएकाले बालबालिका प्रताडित हुन सक्ने देखिएको छ ।त्यसैले, बालबालिकालाई संक्रमण हुनबाट बचाउन चिकित्सकले सल्लाह दिएका छन् ।