बालिका बलात्कारको आरोपमा ५८ वर्षीय पुरुष पक्राउ
पर्वत – सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पर्वतका ५८ वर्षीय पुरुष पक्राउ परेका छन्। फलेवास नगरपालिका–७ लिमिठानाका दुर्गाराज पाण्डेलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो ।
पाण्डेले गत वैशाख २ गते साँझ करिब ५ बजे ती बालिकालाई आफ्नो गोठमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ। घटनापछि फरार रहेका उनलाई ३ गते सोही वडाको लमायखोला नजिकैबाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।
अभियुक्तलाई जिल्ला अदालत पर्वतबाट आइतबार पाँच दिनको म्याद थप गरी करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।