Connect with us
Kapilvast Forest

राप्रपाको महाधिवेशन एक महिना सर्‍यो

२०७८, ७ बैशाख मंगलवारमा प्रकाशित

raparpa

काठमाडौं- राप्रपाको महाधिवेशन एक महिनापछि सरेको छ । सक्रिय सदस्यता वितरण र स्थानीय तहहरुको अधिवेशन गर्न समय अपुग भएको भन्दै महाधिवेशनको मिति सार्ने राप्रपाले निर्णय गरेको हो ।

केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले महाधिवेशन २२(२५ जेठमा गर्ने निर्णय गरेको नेता मोहन श्रेष्ठले बताए । यसअघि २५(२८ वैशाखमा महाधिवेशन गर्ने तय भएको थियो । बैठकले वैशाख मसान्तसम्म सक्रिय सदस्यता वितरण सक्ने निर्णय गरेको छ।

वडा, पालिका र जिल्ला अधिबेशन वैशाख मसान्तसम्म, प्रदेश अधिवेशन ७ जेठसम्म र महाधिवेशन प्रतिनिधिको निर्वाचन १० जेठसम्म गर्ने राप्रपाले निर्णय गरेको छ ।

यसपटक राप्रपाले सक्रिय सदस्यताका आधारमा महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । यसअघि भने कमिटीको आधारमा प्रतिनिधि चयन गर्ने गरेको थियो । महाधिवेशन प्रतिनिधि चार हजार पाँच सय बढी हुने राप्रपाको अनुमान छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu