कपिलवस्तुबाट हराएका ३ बालिका भारतको कानपुरमा फेला
कपिलवस्तु- कपिलवस्तुको महाराजगंज नगरपालिका– ८ कजराहवाका ३ बालिका भारतको कानपुरमा फेला परेका छन । मंगलवार दिउसो ११ बजेतिर कजराहावको सिंग्रहाका ३ बालिका घरबाट अचानक गायब भएका थिए । जित बहादुर पासिका १३ बर्षिया छोरी राधा पासी, तथा प्रेम कहारकी छोरीहरु ८ बर्षिया काजोल र ५ बर्षिया आचल आफनो घरबाट हराएको वडाध्यक्ष जागेन्द्र केसीले बताए ।
बालिकाहरु घरबाट हराएका बिषयमा प्रहरीलाई जानकारी गराइएको उनले बताए । सो लगत्तै प्रहरीले बालिकाको खोजी कार्यलाइृ तीब्र बनाएको थियो । प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले हराएका ३ बालिकाहरु भारतको कानपुमार फेला परेको बताए ।
‘ कानपुरमा प्रहरी टोली पुगी सकेको छ, राति सम्म उनीहरु जिल्लामा आई सक्छन ’ उनले भने । बालिकाहरु किन र कसरी त्यहा पुगे त्यस बिषयमा बालिकाहरु जिल्ला आए पछि थाहा हुने उनले बताए ।