अब मास्क नलगाई हिँडे कारबाही हुने
काठमाडौं – काठमाडौँमा मास्क नलगाई हिँड्नेहरु अब कारबाहीमा हुने भएको छ ।मास्क नलगाई हिँड्नेलाई अब प्रहरीले सार्वजनिक स्थानमा उभ्याउने (होल्ड गर्ने) जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भन्नु भयो ‘संक्रमणको दर बढिरहेको छ । त्यसैले स्थिति भयावह हुन नदिन कडा गर्ने तयारी गरेका हौं ।’
पराजुलीका अनुसार सार्वजनिक यातायतमा मास्क लगाएरनलगाएको अनुगमन गर्न ट्राफिक प्रहरीलाई जिम्मेवारी दिने तयारी गरिएको छ ।यसअघि गत वर्ष सरकारले लकडाउन उल्लंघन गर्नेलाई सडकमा होल्ड गर्ने गरेको थियो ।