Connect with us
Kapilvast Forest

मुस्लिम युवाहरु बर्त बसेर रामनवमी मेलामा मिठाइ पानी वितरण गर्दै

२०७८, ८ बैशाख बुधबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-
कपिलवस्तुका मुस्लिम  युवाहरू धर्मिक सहिष्णुता कायम गर्न सक्रिय भएका छन । मुस्लिमहरुको पवित्र महिना रमजान चलेकोले मुस्लिम युवाहरु आफुहरु रोजा (वर्त, उपवास) बसी हिन्दुहरुलाई मिठाई पानी खुवाइ रहेका छन ।
कपिलवस्तु बहादुरगंजका मुस्लिम युवाहरूले बहादुरगंजमा रहेको पल्टामाई मन्दिरमा लागेको मेलामा निशुल्क मिठाई र पानी वितरण गरेका छन । उक्त कार्यमा हिन्दु युुवाहरूको समेत सहभागीता रहेको छ । हिन्दु मुस्लिम भाइ, भाइ कोहि छैन पराई भन्दै प्रत्येक बर्ष लाग्ने चैते मेलामा निस्वर्थ मिठाइ पानी खुवाईदै आएको मुस्लिम युवा तथा युवासघं नेपालका केन्द्रिय सदस्य नवाब शरिफ शाहले जानकारी दिनु भयो । मेलामा आउने दर्शनार्थीहरुको तिर्खा मेटाउन पाउँदा वस्तविक धर्म कमाउने भएकोले मिठाई पानी वितरण कार्य तीन दिनसम्म चल्ने शाहले बताउनु भयो ।
बहादुरगंज स्थित पल्टामाई मन्दिरमा रामनवमीमा लग्ने मेलामा अाउने श्रद्धालुहरूकाे लागि शुद्ध पिउने पानीकाे व्यावस्थापनले भक्तजन समेत खुसी भएका छन । मुस्लिम युवाहरु यस्तो महान कार्य गरेको प्रती समाजसेवी शिव प्रसाद जयसवलले धन्यवाद दिनु भयो । उहाले भन्नू भयो सदियौ देखि हामी हिन्दु मुस्लिम मिलेर बसेका छौ । हाम्रो हिन्दुको पर्वमा मुस्लिम र मुस्लिमको पर्वमा हामीले सहयोग सहकार्य गर्दै आएका छौ ।
मिठाइ पानी वितरण कार्य नमुना कार्य भएको युवा रिक्कु गुप्ताले बताउनु भयो ।
मुस्लिम युवाहरुले गरेको कार्यको अनुगमन गर्दै
रिक्कु गुप्ता, महेश जयसवाल, मकबुल जिलानी, दिकपाल गुप्ता, असरफ जिलानी सुनिल उपध्या (कल्लु लगायत युवाहरूले राम्रो काम गरेको भन्दै धन्यवाद दिएका छन ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu