साँझ चट्टयाङ्ग र हावाहुरी आउन सक्ने, सतर्कता अपनाउन आग्रह
काठमाडौं । आज स्थानीय र पश्चिमी वायुको प्रभावका कारण देशभर वर्षा भइरहेको छ।
देशको प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य बदली रहेको छ ।
अहिले देशभर आँशिक देखि सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका केही स्थानहरु तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन रचट्टयाङ्ग, हावाहुरी सहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका केही स्थानहरुमा तुवाँलोको सम्भावना छ। यस्तै साँझ तिर पनि देशभर पहाडी भूभागहरुमा आँशिक देखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखा जनाएको छ ।
महाशाखाले प्रदेश २, बागमती प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही र बाँकि प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ।