कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवसकै दिन बल्खुमा पार्टी कार्यालय शिलायास
काठमाडौं-कम्युनिष्ट पार्टीको ७३ औ स्थापना दिवशकै दिन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बल्खुको मदननगरमा पार्टी कार्यालयको सिलन्यास गर्नु भएको छ ।
२०५१ सालमा स्थापना भएको एमाले पार्टी कार्यालयको उक्त भवन २०७२ को भुकम्पले एमाले पार्टी कार्यालय क्षतिग्रस्त बनाएको थियो । संस्थापक पुष्पलाल श्रेष्ठद्धारा कम्युनिष्ट पार्टी स्थापना भएको आज ७२ वर्ष पूरा भएको अवसरमा पार्टी कार्यालयको शिलान्यस हुन गईरहेको एमाले कार्यालय सचिव ईश्वरी रिजालले बताउनु भयो ।
यसअघि लामो समयपछि पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौंको नागपोखरीस्थित मेरियट होटलमा भएको वान टु वान वार्ता भएको थियो । एमाले पार्टीभित्र देखा पछिल्लो समय विभिन्न उतारचढाव पर्दै आएको अवस्थामा ओली र नेपालबीचको भेटवार्ता सकारात्मक भएको बताइएको छ ।