चट्याङ लागेर एक युवाको मृत्यु
रौतहट-रौतहटमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुजारा–७ पल्टुवागाउँका बर्ष ४५ का लक्षण महराको मृत्यु भएको गुजरा नगर प्रमुख सन्तलाल चौधरीले जानकारी दिनु भयो ।
महरा पलटुवाबाट आफन्तको घरमा आएका थिए । बिहान सौचगर्न खेततर्फ गएको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् ।