प्रधानमन्त्री ओली र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा अोली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच बिहीबार भेटवार्ता भएको छ। अध्यक्ष ठाकुर प्रधानमन्त्री अोलीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो ।
प्रधानमन्त्रीका परराष्ट्र मामिला जानकार डा। राजन भट्टराईले भेटवार्ताका क्रममा अध्यक्ष ठाकुरले जसपाका मागबारे चासो व्यक्त गरेको बताए। जसपाका माग पूरा गर्न कार्यदलसमेत गठन गरिएको छ।
कार्यदलले जसपाले उठाउँदै आएका सांसद रेशम चौधरी लगायतको रिहाई, संविधान संशोधन लगायतका विषयमा छलफल गरिरहेको छ। कार्यदलमा एमालेको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहनुभएको छ ।