Connect with us
Kapilvast Forest

बिहान ८ देखि साँझ ८ बजेसम्म पसल खोल्न पाइने

२०७८, ११ बैशाख शनिबारमा प्रकाशित

प्रतिनिधिमुलक तस्विर

दर्माली- कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै गएपछि तनहुँको व्यास नगरपालिकाले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म पसल सञ्चालन गर्ने गराउने निर्णय गरेको छ ।

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । नगरक्षेत्रभित्र सञ्चालित औषधिजन्य व्यवसायबाहेकका अन्य सम्पूर्ण उद्योग, वयवसाय, होटल तथा रेष्टुरेण्ट, खाद्यान्न तथा तरकारी एवं फलफूलजन्य व्यवसायलगायतका व्यवसाय स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिनु भयो ।

 

पछिल्लो केही दिनयता कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएकाले यसको असर एवं प्रभाव र सम्भावित महामारीको अवस्थालाई मध्यनजर गरी स्वास्थ्य कार्यालय, दमौली अस्पताललगायत नगरक्षेत्र भित्रका सम्पूर्ण सरकारी तथा निजी स्वास्थ्य संस्थालाई यसको रोकथाम, नियन्त्रण एवं उपचार सम्बन्धमा आवश्यक प्रचारप्रसार मिलाउन आग्रह गर्ने निर्णय बैठकले गरेको छ ।

कोभिडको लक्षण देखिएमा प्रत्येक सोमबार व्यास नगरपालिकाबाट गरिने निःशुल्क पीसीआर परीक्षणका लागि प्रत्येक आइतबार नै नगरपालिकाको स्वास्थ्य तथा जनसङ्ख्या शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ । सङ्क्रमितलाई सामान्य अवस्थामा होम आइसोलेसनमा बस्न र स्वास्थ्य अवस्था जटिल हुँदै गएमा अविलम्ब कोभिड उपचार हुने अस्पतालमा सम्पर्क गरी उपचारका लागि भर्ना हुन नगरपालिकाले आग्रह गरेको छ ।

साथै तनहुँ जिल्लामा कोभिडको असर एवं प्रभावलाई न्यूनीकरण गर्नका लागि दशवटै स्थानीय तहसँग समन्वय गरी आवश्यक निर्णय लिन जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिनु भयो । बैठकमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घ, जिल्ला स्वास्थ्य कार्यालयलगायतको सहभागिता थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu