Connect with us
Kapilvast Forest

आज सेतो मच्छिन्द्रनाथको रथयात्रा सकिँदै

२०७८, ११ बैशाख शनिबारमा प्रकाशित

rato-machindra

काठमाडौं-सेतो मच्छिन्द्रनाथको रथयात्रा आज शनिबार सकिँदैछ । मच्छिन्द्रनाथलाई लगनमा रहेको रथबाट निकालेर खटमा राखेर सिन्दुर जात्रासहित जनबहालमा रहेको सेतो मच्छिन्द्रनाथको मन्दिरमा नै फिर्ता लगेपछि रथयात्रा सकिनेछ ।

आज मूर्तिलाई खतमा राखेर लगनबाट दलाछि, भीमसेनस्थान, मरु हुँदै जनबहालमा रहेको मन्दिरमा लगिनेछ । गएको ७ गते जमलको तीनधारा पाठशालाबाट रथ तानेर सुरु भएको जात्रा लगन टोलबाट जनबहालमा मूर्तिलाई फिर्ता लगिएपछि सकिने गर्दछ ।

गएको वर्ष कोरोना महामारीबाट बच्न लकडाउन जारी गरिएपछि सेतो मच्छिन्द्रनाथको रथयात्रा रोकिएको थियो भने रथयात्रालाई क्षमा पूजामा मात्र सीमित गरिएको थियो । यसवर्ष स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर रथजात्रा सञ्चालन गरिएको हो । सेतो मच्छिन्द्रनाथको विधिपूर्वक पूजाआजा गरे देशमा सहकाल आउँछ भन्ने मान्यता छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu