Connect with us
Kapilvast Forest

हेटौँडामा आइतबारदेखि सवारीमा जोर बिजोर प्रणाली

२०७८, ११ बैशाख शनिबारमा प्रकाशित

बाग्मती – बाग्मती प्रदेशको राजधानी हेटौँडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौँडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुनेछ ।

हेटौँडामा सञ्चालन हुने कार, मोटरसाइकल, टेम्पो, म्याजिक, अटो, मयुरीलगायत सबै निजी सवारीमा जोर बिजोर प्रणाली लागू हुने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आइतबारबाट हेटौँडामा निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिनुभयो ।

जिल्लाको हेटौँडामा कोरोना सङ्क्रमण तीव्ररुपमा बढेसँगै संक्रमण बढ्न नदिन उक्त निर्णय लिइएको हो । उहाँका अनुसार आइतबारदेखि मकवानपुरभरको पर्यटकीय क्षेत्र पार्क तथा वनभोजस्थलसमेत बन्द गर्ने निर्णय गरिएको छ ।

यस्तै सार्वजनिकस्थलमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने भएको छ । कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शर्माको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।

कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम
हेटौँडामा प्रहरीले कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । पछिल्ला दिनमा मकवानपुरमा कोरोना संक्रमण बढेपछि जिल्ला प्रहरी कार्यालयले संक्रमणको जोखिमलाई मध्यजनर गर्दै सडकमा सर्वसाधारणलाई सचेत गराउने कार्यक्रम गर्दै आएको हो ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी नै हेटौँडाका विभिन्न सडकमा नागरिकलाई भैतिक दूरी कायम गर्न र मास्कको प्रयोग गर्न चोकचोकमा सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।

बढ्दै गएको सङ्क्रमणबाट बच्न र बचाउन सचेतना अभिवृद्धि गर्ने उद्देश्यले मकवानपुरका प्रहरीले चोक–चोकमा मास्क लगाउन, भौतिक दूरी कायम गर्न, अतिआवश्यक काम परेमा मात्र घर बाहिर निस्कन सचेतनामूलक कार्यक्रम आयोजना गरेका हुन् ।

यस्तै खेलकूद र मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्न, वृद्ध नागरिक र दीर्घरोग भएका व्यक्तिले विशेष सावधानी अपनाउन, अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा पच्चीस जनाभन्दा बढी सहभागी नहुन, ब्युटिपार्लर तथा सैलुनले पिपिई, मास्क र स्यानिटाइजरको अनिवार्य प्रयोग गर्न र एक पटकमा एकजनालाई मात्र सेवा प्रदान गर्न पर्चा वितरण तथा सचेतना अभिवृद्धि गर्न माइकिङसमेत गरिएको छ ।

कोरोना संक्रमण बढ्दै गएका कारण नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गराउन तथा कोरोनाविरुद्ध सचेत बनाउन मास्क वितरण गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडा–९ पशुपतिनगरका अध्यक्ष राम विष्टले बताउनुभयो ।

स्वास्थ मापदण्ड पालना गर्नु र गराउनु नागरिकको प्रमुख दायित्व रहेको बताउँदै मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले नागरिक स्वयं आफ्नो स्वास्थप्रति जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu