Connect with us
Kapilvast Forest

भारतीय राजदूतले भने– लोकराजजी आप कहाँ पर हैं ?

२०७६, ३ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं । स्थान : समिट होटल, कुपण्डोल । पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा विहीबार आयोजित ‘नेपाल–भारत सम्बन्ध र विकास’ कार्यक्रम । प्रतिष्ठानका अध्यक्ष पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नै कार्यक्रमको प्रमुख अतिथि ।

कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डे, नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीदेखि पूर्व राजदूतहरु डा. विष्णुहरि नेपाल, लोककृष्ण भट्टराई तथा योगेश भट्टराई र प्रदिप गिरी लगायतको सहभागिता थियो ।

नेपाल–भारत सम्बन्धबारे प्रकाश पार्न नेपालका लागि भारतीय राजदूत मन्जीवसिंह पुरीलाई मञ्चमा निम्त्याइयो । राजदूत पुरीले मञ्चमा रहेकालाई सम्बोधन गर्नुभयो । मञ्चपछि उहाँको सम्बोधन दर्शक दीर्घातिर सोझियो । दर्शक दीर्घामा देखिएका प्राय सबैको नाम उच्चारण गर्नुभयो ।

विभिन्न व्यक्तित्व सम्झने क्रममा उहाँले भन्नुभयो, लोकराज बरालजी आप कहाँ पर है ?’ बरालले दर्शक दीर्घाबाटै हात उठाएर जवाफ दिनुभयो, ‘यहा पर है’ राजदूत पुरीले नेपाल–भारत सम्बन्ध सदियौदेखि प्रगाढ रहेको स्मरण गराउँदै भन्नुभयो, ‘नेपाल–भारतबीच रोजी रोटीको सम्बन्ध छ ।’

राजदूत पुरीले दुई देशबीच सुमधुर सम्बन्ध भएकै कारण प्रधानमन्त्री नरेन्द्र मोदीले ५ वर्षे कार्यकालमा अन्य देशको तुलनामा नेपाल भ्रमण बढी गरेको बताउनुभयो । ‘प्रधानमन्त्री मोदीले ५ वर्षे कार्यकालमा ४ पटक नेपाल भ्रमण गर्नुभयो’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री मोदीले यो अवधिका अन्यमा यति भ्रमण गर्नुभएको छैन ।’

राजदूत पुरीले करिब एक घण्टा बालेपछि पालो आयो, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको । मन्त्री ज्ञवालीले नेपाल र भारतबीच जनस्तरसम्म घनिष्ट सम्बन्ध रहेको बताउनु भयो । ‘नेपाल भारतबीच पहिल्यैदेखि डाइनामिक सम्बन्ध छ’ उहाँले भन्नुभयो, ‘दुई देशबीचको सम्बन्धलाई प्रगाढ राख्न आगामी दिनमा पारस्पारिक सहयोग आवश्यक छ ।’

मन्त्री ज्ञवालीपछि कार्यक्रमको अध्यक्ष गरिरहनु भएका प्रधानमन्त्री नेपालको बोल्ने पालो आयो । पूर्व प्रधानमन्त्री नेपालले नेपाल भौगोलिक रुपमा सानो भए पनि प्राकृतिक र साँस्कृति रुपमा बिशाल रहेको बताउनु भयो ।

‘मुलुकको प्राकृतिक र साँस्कृति सदुपयोगको लागि पर्यटनको विकास गर्नुपर्छ’ उहाँले भन्नुभयो, ‘सानो मुलुक भए पनि नेपाल प्रकृति । संस्कृतिमा धनी छ । नेपाल हिन्दू र बौद्ध, दुई वटै धर्मको उद्गमस्थल हो । पशुपति नाथदेखि लुम्बिनी । रामजानकी होस् या मुक्तिनाथ । धार्मिक दृष्टिले सबै महत्वपूर्ण छन् ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu