Connect with us
Kapilvast Forest

सितगगांमा सुरु भयो तपाईंको मास्क खै अभियान

२०७८, ११ बैशाख शनिबारमा प्रकाशित

कपिलवस्तु –बढ्दो कोभिड १९ का कारण जनजीवन फेरि नराम्रो संग प्रभावित बनेको छ । कोभिड-१९ को दोस्रो लहरको जोखिम झन बढेको भन्दै अर्घाखाँचीको सितगगांमा कमल पोखरी युवा क्लबको आयोजना र इलाका प्रहरी कार्यालय ठाडाको समन्वयमा तपाईंको मास्क खै अभियान थालेको छ । मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि तपाईको मास्क खैअभियान सुरु गरेको हो ।

नगरको मुख्य बजार अमराइ, चक्ला र आसपासका मूख्य बजारक्षेत्रमा सर्वसाधरण र सवारीचालकलाई मास्क वितरण गर्दै अभियान चलाएको छ । मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्कलाई अनिवार्यता गर्न अनुरोध गर्दै सचेतनामूलक अभियान थालेको इलाका प्रहरी कार्यालय ठाडाका सइ शालिक राम खनालले बताउनु भयो ।कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मास्क नलगाई सडकमा यात्रा गरिएको भेटिएमा प्रहरीले कारबाही समेत गर्ने बताएको छ ।

 

सरकारले यति आग्रह गर्दा पनि नागरिक हरु स्वास्थ्यमापदण्ड त परै जाहोस माक्स सम्म नलगाई हिड्न थाले पछि सितगगांलगायत मुख्य नगरभित्रकासडकखण्ड र बजार क्षेत्रमा सर्वसाधारणको भीड बढ्न थालेपछि कमल पोखरी युवा क्लबको आयोजना र इलाका प्रहरी कार्यालय ठाडाको समन्वय मा संयुक्तरुपमा यस अभियानको सुरुवात गरेको क्लवका अध्यक्ष सचिन बोहोराले बताउनु भयो ।कार्यक्रम मा क्लब का सदस्य , नेपाल प्रहरी , ट्राफिक प्रहरी , शिक्षक, पत्रकार , समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu