Connect with us
Kapilvast Forest

पुनर्निर्मित भौतिक संरचनामा मौलिकता झल्किनुपर्छ : राष्ट्रपति भण्डारी

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

bidya-bhandari-29.jpg

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उनीहरूप्रति श्रद्धासुमन अर्पण गर्नु भएको छ ।

गोरखा भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा भूकम्पले हजारौँको ज्यान जाने गरी निजी आवास तथा सार्वजनिक संरचनासहित ऐतिहासिक धरहरालाई भत्काए पनि राष्ट्रिय आत्मविश्वासको धरहरालाई भने ढाल्न नसकेको जनाउँदै राष्ट्रपतिले नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भौतिक संरचनाको पुनर्निर्माण गर्ने र प्रभावितको पुनर्स्थापनालाई लगभग अन्तिम चरणमा पुर्‍याएको बताउनुभउको छ ।

हालसम्म लाखौँ निजी आवास तथा हजारौँ विद्यालयको पुनर्निर्माण भइसकेको छ र केही निर्माणाधीन रहेको जनाउँदै राष्ट्रपतिले भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी, दरबार हाइस्कुल, दशरथ रङ्गशाला, धरहरालगायत ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वका संरचनाको पुनर्निर्माण सम्पन्न हुनु सुखद् विषय भएको र धेरै सरकारी भवन, मठमन्दिर, गुम्बा आदिको पुनर्निर्माण तीव्र गतिमा भइरहेको बताउनुभएको छ ।

पुनर्निर्मित भौतिक संरचनामा मौलिकता झल्किनाका साथै भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग गरिएको जनाउँदै राष्ट्रपति भण्डारीले अब बन्ने संरचनामा पनि हाम्रो मौलिक वास्तुशिल्प प्रतिविम्बित हुनुपर्नेमा सचेष्ट रहन सम्बद्ध पक्षको विशेष ध्यानाकर्षणका साथ पुनर्निर्माणमा अहोरात्र खटिने राष्ट्रसेवक‚ कालिगढ‚ श्रमिक एवं दातृ निकायप्रति धन्यवाद व्यक्त गर्नु भएको छ ।

ुहाम्रो देशको भौगोलिक अवस्थिति र बनावटका कारण हामी भूकम्प, बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका छौं। यस संवेदनशीलतालाई ध्यानमा राख्दै हामीले पर्यावरणमैत्री एवं विपद्को सामना गर्न सक्ने भौतिक पूर्वाधार तथा संरचनाहरू निर्माण गर्नुपर्दछ,ु सन्देशमा भनिएको छ‚ भविष्यमा भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न निजी आवास, सार्वजनिक तथा सरकारी संरचनाहरूको अध्ययन गरी कमजोर संरचनालाई प्रबलीकरण गर्न र भवनसंहिताअनुसार दिगो नवनिर्माण कार्यका लागि म सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहन्छु।

सम्भावित प्राकृतिक विपद्को जोखिम कम गर्न आवश्यक पूर्वतयारीका साथै सामुदायिक सचेतना अभिवृद्धि गर्दै चुस्त व्यवस्थापनसहित प्रभावकारी प्रतिकार्यका लागि सदा तयारी अवस्थामा रहन सम्बद्ध सबैको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले २०७२ सालको भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका सिकाइले भविष्यमा विपद्बाट हुन सक्ने क्षति न्यूनीकरण गर्न थप सहयोग पुर्‍याउने छ भन्ने विश्वासका साथ भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने सबैलाई प्रेरणा मिलोस् भनी कामना गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu