Connect with us
Kapilvast Forest

संक्रमितले भरियो सेती कोभिड अस्पताल

२०७८, १२ बैशाख आईतवारमा प्रकाशित

seti-aspaptal.jpg

धनगढी – सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको अस्थायी कोभिड अस्पताल संक्रमितले भरिएको छ। कोरोना महामारीको दोस्रो लहरसँगै संक्रमितको संख्या बढ्दा अस्पताल भरिएको हो।

५५ शैय्याको अस्पतालका सबै बेड भरिएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुु भयो ।हाल ३ जनालाई भेन्टिलेटरमा राखिएको छ। भने यस्तै ७ जनालाई आइसियुमा राखेर उपचार भइरहेको श्रेष्ठले बताए। अन्य सबैलाई उच्च निगरानीमा राखिएको उहाँले बताउनुभयो।

अहिले अस्पतालमा ५२ जना सङ्क्रमितको उपचार भइरहेको छ। अन्य ३ जनामा पनि संक्रमण हुन सक्ने आशंकासहित उपचार भइरहेको छ। जटिल संक्रमितहरूको मात्रै उपचार हुने अस्पतालमा बेड भरिएपछि थप समस्या हुने देखिएको छ।

‘अब हामी तत्काल कसैलाई भर्ना गर्न सक्दैनौँ,’ सूचना अधिकारी श्रेष्ठले भन्नुु भयो , ‘सबै बेड भरिएका छन्।’दोस्रो लहरको कोरोना फैलिएसँगै कैलालीका ५ जनाको मृत्यु भइसकेको छ। सेती प्रादेशिक अस्पतालमा मात्रै ४ जनाले ज्यान गुमाइसकेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu