Connect with us
Kapilvast Forest

हिजो सम्म नेपाल आइपुगेका विदेशी नागरिकको पीसीआर परीक्षण हुने

२०७८, १३ बैशाख सोमबारमा प्रकाशित

pcr

 

काठमाडौं-नेपाललाई ट्रान्जिट बनाई विदेश जान हिजो सम्म नेपाल आइपुगेका विदेशी नागरिकको पीसीआर परीक्षण हुने भएको छ । यसअघि मन्त्रालयले हिजो कुनै मिति नतोकी नेपाललाई ट्रान्जिट बनाइ विदेश जान आएका विदेशीको पीसीआर परीक्षण रोक्न प्रयोगशालाहरुलाई निर्देशन दिएको थियो ।

निर्णय सच्याउँदै आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो सम्म नेपाल आएर क्वारेन्टाइनमा बसेका र एयर बबल सुविधा अनुसार नेपाल आउनेलाई सःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाउन प्रयोगशालालाई सूचित गरेको छ । मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योग केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । मन्त्रालयले उद्योग मन्त्रालयलाई आज पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योग धन्दा केही समय बन्द गर्न आग्रह गरेको हो ।

मन्त्रालयका वरिष्ठ सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले भारतमा सङ्क्रमणको अवस्था खराब भई अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नाका लागि त्यस्ता उद्योग धन्दा केही समय बन्द गर्न मन्त्रालयलाई आज पत्राचार गरिएको जानकारी दिनुभयो ।

यसैबीच, स्वास्थ्य मन्त्रालयले बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको छ । मन्त्रालयले १० जना मेडिकल अधिकृत , ४० जना नर्स र अन्य स्वास्थ्य सहयोगी गरी ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको हो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu