Connect with us
Kapilvast Forest

सङ्क्रमण बढ्दै गएपछि साउदी अरबमा कडाइ

२०७८, १३ बैशाख सोमबारमा प्रकाशित

saudi arba

एजेन्सी-कोरोना सङ्क्रमण बढ्दै गएपछि साउदी अरबले कडाइ गर्न थालेको छ । साउदीले जानाजानी कोरोना भाइरस सङ्क्रमण अरूलाई सार्नेलाई कडा सजाय दिने भएको छ ।

साउदी सरकारले तोकेका कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी मापदण्ड उल्लङ्घन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने निर्णय गरेको हो । साउदी सार्वजनिक अभियोजनले जानाजान कोरोना सङ्क्रमण फैलाउनेलाई पाँच वर्ष जेल र पाँच लाख साउदी रियाल जरिबाना तोकेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।

कोरोना सङ्क्रमण फैलाउने आप्रवासी श्रमिक भए पुनः साउदी फर्किन नपाउने गरि देश निकाला गरिने समेत बताईएको छ । साउदीले आप्रवासीहरुलाई पनि कोरोनाको खोप निःशुल्क रुपमा उपलब्ध गराउदै आइरहेको छ । साउदीमा कोरोना सङ्क्रमितको संख्या ४ लाख १२ हजार २१६ पुगेको छ

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu