Connect with us
Kapilvast Forest

“बाैद्धिक श्रमजिवि समुदाय नै पत्रकार हाे “

२०७८, १४ बैशाख मंगलवारमा प्रकाशित

भैरहवा- पत्रकारहरु सधै लाेकतन्त्र, सत्य र जनताकाे पक्षमा हुनुपर्ने स्थानिय सरकारका प्रमुखले जाेड दिएका छन् ।

सिद्धार्थागरपालिका भैरहवाले नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित पदाधिकारि तथा सदस्यहरुकाे सम्मानमा अायाेजित कार्यक्रममा बाेल्दै नगरकाे प्रमुख हरिप्रसाद अधिकारले प्रतिगमनकाे बिरुद्धमा पत्रकारहरुले देखाएकाे साहस प्रशसनिय रहेकाे बताए । उनले भने, ” पत्रकारले गलतलाई गलत र सहिलाई सहि भन्नुपर्छ । पत्रकार महासंघकाे निर्वाचनमा यहाँहरुले सत्यकाे पक्षमा गरेकाे मतदानकाे म सम्मान गर्छु । ”

प्रमुख अधिकारिले नियतबश गरेकाे गल्तिलाई पत्रकारले थाहा पाएसम्म समाचार लेखेर जनमानसमा पुराउनुपर्ने पनि बताए ।

उनले भने,” पत्रकारहरुले स्थानिय सरकारलाई घचघचाउनुपर्छ । ” अधिकारिले सक्रिय पत्रकारकाे सुरक्षित भविस्यकाेलागि अक्षयकाेष खडा गरेर काम गर्न सुझाब समेत दिए ।

विगतमा सक्रियता पुर्वक समाज परिवर्तन र जनताकाे पक्षमा रहेका पत्रकारहरु अाज कतिपय साथिहरु अार्थिक समस्यामा परेकाे हुदाँ भविस्यमा अाईपर्ने समस्या टार्न अक्षयकाेषकाे जरुरि रहेकाे अधिकारिकाे भनाई छ ।
साे अवसरमा उपप्रमुख उमा काफ्लेले भनिन,”पत्रकारहरु सधै सत्य, लाेकतन्त्र र जनताकाे पक्षमा हुनुपर्छ ।” काफ्लेले समाजकाे सम्मानित पेशा पत्रकारिता क्षेत्रले खेलेकाे भुमिका प्रशंसनिय रहेकाे बताउदै भनिन,”बाैद्धिक श्रमजिवि समुदाय नै पत्रकार हाे ” ।

कार्यक्रममा नगरका प्रमुख प्रशासकिय अधिकृत तुलसिराम मरासिनिले स्थानिय सरकारले गरेका गतिबिधिकाे खाेजमूलक ढंगले समाचार संप्रेषण गर्नुपर्ने बताए। पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेखरेलले अबकाे पत्रकारिता समिक्षात्मक र खाेजमुलक नै हुने बताए । लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के. सी.ले पत्रकारिता क्षेत्र सधै सत्य र तथ्यकाे पक्षमा उभिने बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu