सरकारद्वारा १२० जना प्रतिवादीको मुद्दा फिर्ता
काठमाडौं – सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको उनले बताए । उनले अघि भने, ‘यो राजनीतिक निर्णय पनि हो ।’
उनका अनुसार अरू मुद्दा पनि फिर्ता हुनेछ ।

