Connect with us
Kapilvast Forest

अर्थतन्त्र चलायमान बनाउन आग्रह

२०७८, १५ बैशाख बुधबारमा प्रकाशित

udhyog

 

 

काठमाडौँ- नेपाल उद्योग वाणिज्य सङ्घले कोरोनाको सङ्क्रमण फेरि बढ्दै जाँदा तङ्ग्रिन थालेको अर्थतन्त्रमा असर पर्ने देखिएको छ । सरकार, निजी क्षेत्रसहित आम जनता सबैको अहिलेको प्रमुख दायित्व फेरि पनि सङ्क्रमणलाई पैmलिन नदिई अर्थतन्त्रलाई पनि चलायमान बनाउनु रहेको पनि महासङ्घले औँल्याएको छ ।

यस अवस्थामा उच्चतम स्वास्थ्य सतर्कतासाथ स्वास्थ्य सुरक्षाका सबै उपाय अलवम्बन गरी निषेधाज्ञाको समयमा पनि रोजगार रोजगारी नगुम्ने र आर्थिक गतिविधि सञ्चालन सहज बनाउने वातावरणका लागि सरकार र निजी क्षेत्रको थप सहकार्य आवश्यक रहेको महासंघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

महासङ्घले आर्थिक महìव बोकेका ठूला परियोजनाहरूको निरन्तर सञ्चालनको सुनिश्चितता, उद्योग कलकारखानाहरूको सञ्चालन, उत्पादित सामानको सहज आपूर्ति, ढुवानी, बिक्रीवितरण, कच्चा पदार्थको आयातमा सहजतासहित उद्योग व्यवसाय सञ्चालनका लागि आवश्यक कामदार कर्मचारीहरूको आवतजावतलाई सहज बनाउन महासङ्घ सरकारसँग अनुरोध गरेको छ ।

निषेधाज्ञाका कारण रोजगारी गुमाएका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई राहतको व्यवस्था गर्न पनि महासङ्घले सरकारसँग आग्रह, रोजगारी गुमेका सर्वसाधारणलाई प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता योजनामा संलग्न गराई कामसँगै राहत उपलब्ध गराउन सकिने महासङ्घको धारणा छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu