Connect with us
Kapilvast Forest

कोरोनाका कारण जनगणना प्रभावित, नरोक्न आदेश

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

काठमाडौं -मुलुक संघीयतामा गएपछि पहिलो पटक जेठ २५ देखि असार ८ गतेसम्म राष्ट्रिय जनगणना हुँदै छ। तर, कोरोना भाइरस महामारीको दोस्रो लहरले छोपेको यो कठिन परिस्थितिमा जनगणना कसरी हुन्छ रु ‘कठिन अवस्था छ। घर व्यवहारदेखि राज्यको अवस्था पनि गम्भीर छ’, केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछाने भनन्नहुन्छ, ‘हाललाई गर्न सकिन्छ नै भनेर काम गरिरहेका छौं।’

निर्देशक लामिछानेका अनुसार सरकारले जनगणना नरोक्ने भनिरहेको छ। गृह मन्त्रालयले सूचना जारी गरेरै जनगणनाका लागि हुने कुनै पनि गतिवधि निषेधाज्ञाका कारण नरोकिने जनाएको छ। ‘छलफल चलिरहेको छ। अझै केही भन्ने अवस्था छैन। हाम्रो काम भने रोकिएको छैन’, लामिछाने भनन्नहुन्छ ।

 

५० हजार गणकलाई बिहीबारदेखि तालिम दिनुपर्ने कार्यतालिका छ। तर, बिहीबार नै काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुँदै छ। निर्देशक लामिछाने गणकलाई विभिन्न समूहमा तालिम दिने तयारी रहेको बताउँनुभयो । तालिमका लागि आवश्यक व्यवस्था मिलाइने गृह मन्त्रालयको सूचनामा उल्लेख छ। मन्त्रालयका प्रवक्ता जनकराज दाहाल जनगणना राष्ट्रिय कार्यक्रम भएकाले तालिम सञ्चालन गर्न मन्त्रालयले सहजीकरण गरिदिएको बताउँछन्।

निर्देशक लामिछाने गत वर्षको पाइलट जनगणनाको कोभिडकै बीचमा गरिएको सुनाउँछन्। जनस्वास्थ्यका मापदण्ड अपनाएर जनगणना भने गर्न सकिने लामिछानेको भनाइ छ। ‘पोहोर पनि सुरुवातमा पाइलट जनगणना पनि बिथोलिएको थियो। तर, असारमा कोभिडकै बीचमा सम्पन्न गरेका थियौं’, उहाँ भन्नुहुन्छ ‘फिल्डमा समस्या छैन। जान सक्ने वातावरण भयो भने जनगणना हुन्छ। सबै जना घरमा हुने भएकाले झन् तथ्यांक लिन सजिलो हुन्छ।’

उहाँ अवस्थाको जटिलता र व्यावहारिक पक्षलाई हेरेर भोलि के होला भन्न सकिहाल्ने अवस्था नरहेको बताउँछन्। ‘अहिलेसम्म गर्न भनेर लागेका छौं। तर, भन्न सकिन्नँ’, उहाँ भन्नुहुन्छ व्यावहारिक रूपमा भोलि के होला आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu