Connect with us
Kapilvast Forest

पुल बनाउँदै गर्दा त्रिशूली नदीमा खसेकामध्ये थप दुई जनाको ज्यान गयाे

२०७८, १६ बैशाख बिहीबारमा प्रकाशित

death

चितवन – चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माणका क्रममा त्रिशूली नदीमा खसेकामध्ये थप दुई जनाको ज्यान गएकाे छ ।बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ भने अर्का एक जनाको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हाे । वैशाख १२ गते पुलको ट्रस मिलाउने क्रममा ट्रससँगै नदीमा खसेर एक मजदुरको ज्यान गएकाे थियाे भने दुई जना बेपत्ता भएका थिए । नदीमा खसेकामध्ये ८ जना घाइते भएका थिए ।

बेपत्ता भएका सुजित माझीको शव घटनास्थलबाट नौ सय मिटर तल ढुङ्गामा अड्किएको अवस्थामा फेला परेकाे वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिनुभएको छ ।

अस्पतालमा उपचाररत विजय यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हाे । अर्का बेपत्ता मजदुर श्यामबाबु पाठकको खोजी कार्य अझै जारी रहेको उहाँले बताउनुभयो । भारत बेतिया पश्चिम चम्पारण बस्ने ४३ वर्षीय यादवको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा भारत बेतियाका मुन्ना चौधरी, सञ्जय शर्मा, राजकुमार यादव, सन्तोष महतो, सुरेन्द्र राम, शोक महरछी, अब्दुल राय रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu