भारतमा अक्सिजनसँगै कोरोनाविरुद्धको खोप अभाव
एजेन्सी – भारतमा अक्सिजनसँगै कोरोनाविरुद्धको खोप पनि अभाव हुन थालेको छ ।नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले खोपको समस्या हुन थालेको भन्दै केन्द्र सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
भारतमा हरेक दिन संक्रमण दर उच्च हुँदै जाँदा खोप लगाउनेहरु धेरै भएकाले त्यसको अभाव भएको जनाएको हो ।भारतका विभिन्न राज्यमा हाल तेश्रो चरणका खोप अभियान सञ्चालन भइरहेका बेला खोप अभाव हुन थालेको हो ।
यसैबीच भारतको मध्य प्रदेशमा यही मे १ देखि १८ वर्ष माथिका लागि नाम दर्ता गराएतापनि खोप अभावका कारण स्थगीत गरिएको छ ।यसैगरी गुजरात, उत्तर प्रदेश, बिहार र हरियाणा पनि खोप अभावका कारण तेश्रो चरणको अभियान स्थगीत गरिएको छ ।
यसैबीच भारतबाट नेपालले खरिद गरेको १० लाख डोज आउने पनि अनिश्चित बनेको छ ।भारतमा एकैदिन हिजो ३६ सय ४५ जनाको मृत्यु हुँदा ३ लाख ७९ हअजार २ सय बढी संक्रमित भएका छन् ।महाराष्ट्रमा मात्रै एकैदिन ७ सय ७१ जनाको मृत्यु भएको छ ।