Connect with us
Kapilvast Forest

उपत्यकाबाट ७० हजार गाडी बाहिरिए, ३० हजार भित्रिए

२०७८, १७ बैशाख शुक्रबारमा प्रकाशित

असोज ५ गतेदेखि लामो दूरीको यातायात र आन्तरिक उडान खुला

 

काठमाडौँ- आज साँझसम्म काठमाडौं उपत्यकाबाट ७० हजार गाडी बाहिरिएको छ भने ३० हजार गाडी भित्रिएको छन् । निषेधाज्ञा जारी भएको पहिलो दिन आज साभा दुइ लाख मानिस उपत्यकाबाट बाहिरिएका छन् भने भित्रिनेको संख्या ७० हजारमात्र रहेको ट्राफिक प्रहरीका प्रवक्ता (एसएसपी) श्यामकृष्ण आधिकारीले जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो,“ दुई हजार ३९ वटा गाडीलाई आज हामीले कारबाही गरेका छौँ, सावा दुई लाख यात्रु बाहिरिएका छन् भने दुई–तीन दिनमा ७० हजार यात्रु मात्र उपत्यका भित्रिएका छन् ।” त्रिपुरेश्वर चोकमा राखिएको ट्राफिक प्रहरीको चेक पोष्टमा प्रहरीले सबै सवारी साधन रोकेको थियो भने परिचय पत्र बोक्ने चालक र अत्यावश्यक सवारी साधनलाई चल्न दिइएको उहाँले बताउनुभएको छ ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आज (बिहीबार) देखि निषेधाज्ञा जारी गरेका छन् । विमानस्थल जाने यात्रु चढेका सवारी साधनलगायत निषेधाज्ञामा खाद्यन्न, औषधि, दूध, पानी, तरकारी, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, सञ्चार र सूचना प्रविधिसँग सम्बन्धित सवारी साधन मात्र चल्न दिइएको उहाँको भनाई छ । उहाँका अनुसार अहिले काठमाडौँ उपत्यकालगायत सबै ठाउँमा यातायातको अवस्था समान्य रहेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu