Connect with us
Kapilvast Forest

शिवराजमा ५३ मुद्धा फछ्यौट

२०७६, ८ श्रावण बुधबारमा प्रकाशित

अर्जुन बेल्बासे,कपिलवस्तु -स्थायिक तहमा जनप्रतिनिधी आए सगै उप प्रमुखको संयोजकत्वमा बनेको न्ययिक समिति प्रति जनताको विश्वास बढ्दै गएको छ । जनताले घरेलस विवाद देखि सम्बनिध विच्छेद सम्मका उजुरीहरु न्यायिक समितिमा दिन थालेका छन । कपिलवस्तुको शिवराज नगरपालिकाको न्यायिक समितिले आर्थिक बर्ष ०७५÷०७६मा परेका ११५ वटा मुद्धा मध्ये ५३ वटा मुद्धाफ छ्यौट  भएको छ । न्यायिक समितिमा परेका विभिन्न उजुरीहरु मध्ये गत आर्थिक बर्ष!मा विवादित पक्ष संग छलफल गरी मुद्धा फछ्यौट गरिएको हो ।

गत आर्थिक बर्षमा न्यायिक समितिमा जम्मा ११५ वटा मुद्धा परेकोमा ५३ वटा मुद्धा किनारा लागेको न्यायिक समिति संयोजक नगर उप प्रमुख शिवकुमारी थारुले बताइन । बुधबार आफ्नै कार्यकक्षमा नियमित कार्यक्रम अन्तर्गत पत्रकारहरु संगको भेटमा उप प्रमुख थारुले सो जानकारी गराएकी हुन । गत आर्थिक बर्षमा इज्जत आमद अनुसार खान लाउन नदिएको १६ वटा मुद्धा, बाटो निकास सम्बन्धि विवाद २१ वटा, घर जग्गा सम्बन्धि विवाद २१, गाली बेइजती ६, कुटपिट ७, कुलो पानी निकास सम्बन्धि ६, ज्येष्ठ नागरिक पोषण सम्बन्धि २, फोहोर मैला व्यवस्थापन सम्बन्धि २, सम्बन्ध विच्छेद २ र अन्य २२ गरि ११५ वटा मुद्धा परेको थारुले बताइन ।

न्यायिक समितिमा परेका मुद्धा मध्ये, इज्जत आमद अनुसार खानलाउन नदिएको १६ वटा किनारा लागेको, बाटो निकास सम्बन्धि ६ वटा, घरजग्गा सम्बन्धि विवादको ७ वटा, गाली बेइज्जतीको २, कुटपिटको ३, कुलोपानी निकास सम्बन्धि ३ जेष्ठ नागरिक पालन पोषण सम्बन्धि १, फोहोर मैला सम्बन्धि १, सम्बन्ध विचछेदको १ र अन्यको १३ वटा मुद्धा किनारा लागेको उप प्रमुख थारुले बताईन । न्यायिक समितिले मेलमिलाप समितिमा इज्जत आमद अनुसार खानलाउन नदिएको ३ वटा, बाटो निकास सम्बन्धि विवादको ३ वटा,अन्यको ६ वटा गरि १२ वटा मुद्धा पठाएको उनले जनाइन ।
जनतामा न्यायिक समिति प्रति विश्वास जागेकोले अड्डा अदालत नगई न्यायिक समितिमा उजुरी दिन आएको उप प्रमुख थारुले बताइन ।११५ वटा मुद्धा मध्ये चालु अवस्थामा ५० वटा मुद्ध रहेको र ति मुद्धा पनि छिट्टै किनारा लाग्ने उनले बताइन ।

Pages: 1 2

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu