Connect with us
Kapilvast Forest

निषेधाज्ञाका नियम कडाइका साथ अवलम्बन गर्न आह्वान

२०७८, १८ बैशाख शनिबारमा प्रकाशित

 

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न र निषेधाज्ञाका नियम कडाइका साथ अवलम्बन गर्न आह्वान गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपतिले मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने श्रमिकहरूप्रति सम्मान प्रकट गर्नुभएको छ ।विश्वभरिका श्रमिकहरूको ऐक्यबद्धता एवं श्रमको सम्मानका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ भन्दै उहाँले यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

देश कोभिड–१९ महामारीको गम्भीर अवस्थाबाट गुज्रिरहेकाले महामारीविरुद्ध अग्रपङ््तिमा काम गर्ने श्रमिकहरूप्रति धन्यवाद व्यक्त गर्नुहुँदै उहाँले श्रमिकहरूको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकहरूको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu