Connect with us
Kapilvast Forest

संक्रमितको उपचारमा सरकारले लत्तो छाड्नु गम्भीर आपत्तिको विषय : विवेकशील साझा

२०७८, १८ बैशाख शनिबारमा प्रकाशित

काठमाडौं – विवेकशील साझा पार्टीले कोरोना संक्रमितका उपचारका लागि बेड उपलब्ध गराउन नसक्ने सरकारको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै विवेकशील साझाले कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाउनुपर्नेमा यसरी लत्तो छाड्नु गैरजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय भएको जनाएको छ ।

 

पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमार्फत् विवेशशील साझाले सरकारलाई कोरोना संक्रमण नियन्त्रणका लागि ६ बुँदे सुझाव समेत दिएको छ ।

‘कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाई नागरिकलाई पनि सहयोगका लागि अभिप्रेरित गर्नुपर्नेमा दैनिक साढे पाँच हजार सङ्क्रमण देखिएको स्थितिमै सरकारले यसरी लत्तो छाडिदिनु एकदमै गैरजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय हो,’ विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्ति

सरकारलाई विवेकशील साझाको ६ बुँदे सुझाव

कोभिड–१९ सङ्क्रमणको दोस्रो लहरका कारण देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था आएको र सङ्क्रमित बिरामीलाई अस्पतालमा शय्या उपलब्ध गराउनसमेत नसकिने भनी स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

कोरोनाका कारण उत्पन्न जटिल परिस्थितिसँग जुध्न राज्यका तर्फबाट हर सम्भव उपाय लगाएर नागरिकलाई पनि सहयोगका लागि अभिप्रेरित गर्नुपर्नेमा दैनिक साढे पाँच हजार सङ्क्रमण देखिएको स्थितिमै सरकारले यसरी लत्तो छाडिदिनु एकदमै गैरजिम्मेवारपूर्ण र गम्भीर आपत्तिको विषय हो ।

कोरोना संकट हामीमाझ अहिले अपर्झट आइपरेको हैन । कोरोना महामारीको पहिलो चरण शुरु भएको एक वर्षभन्दा बढीको यो अवधिमा सङ्क्रमण बढ्दा सामना गर्न सक्ने प्रणाली विकासका लागि पर्याप्त तयारीको अवसर थियो ।

आजको यो स्थिति आउनुमा क–कसलाई उत्तरदायी बनाउनु पर्ने हो, उपयुक्त समयमा त्यो गरिने नै छ । तर अहिले राज्य र सबै नागरिक एकजुट भएर संकटसँग जुध्नुपर्ने समय भएकाले विवेकशील साझा पार्टी तत्काल निम्न कामहरू अघि बढाउन सरकारलाई आह्वान गर्दछ ।

१. काठमाडौँ उपत्यकासहित देशका प्रमुख शहरहरूका निजी अस्पतालमा समेत कोरोना सङ्क्रमितको उपचारको व्यवस्था तथा निजी अस्पतालसँग सम्बद्ध जनशक्ति र स्रोत साधनको समुचित प्रयोग ।

२. सेना र प्रहरीसमेतको सहयोग लिएर कोरोनाबाट प्रभावित सबै क्षेत्रमा अस्थायी उपचार केन्द्रहरूको स्थापना ।

३. सेना र प्रहरीकासहित देशभित्र र देशबाहिर रहेका सबै सेवा निवृत्त चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई बिरामीको उपचार सेवामा स्वयंसेवी भई सहयोग गर्न अपील ।

४. मित्र राष्ट्रहरू खास गरी चीनसँग विपद् व्यवस्थापन विज्ञ टोलीदेखि अक्सिजन, भेन्टिलेटर, पीपीई जस्ता आवश्यक सामग्री सहयोगको अपील ।

५. हाल रोकिएको कोभिड–१९ विरुद्धको खोप कार्यक्रम व्यवस्थित बनाएर तत्काल पुनः सञ्चालन ।

६. निषेधाज्ञा अवधि लम्ब्याउनुपर्ने अवस्था आइपरे श्रमिक तथा दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न वर्ग विगतमा जस्तै खानै नपाउने गरी समस्यामा पर्ने हुनाले त्यस्तो स्थिति आउन नदिन अहिलेदेखि नै आवश्यक तयारी ।

विवेकशील साझा पार्टी आफ्ना सदस्य तथा शुभेच्छुकहरूलाई कोरोनाविरुद्धको संघर्षमा राज्यलाई आवश्यक यथासम्भव सहयोग गर्न पुनः आह्वान गर्दछ ।

शरदराज पाठक

प्रवक्ता, विवेकशील साझा पार्टी

१८ वैशाख, २०७८ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu