Connect with us
Kapilvast Forest

पार्टी फुटेको छैन, प्रतिबन्धकालमै धमलाले पार्टी छाडेका हुन्:विप्लव

२०७८, १८ बैशाख शनिबारमा प्रकाशित

biplop

काठमाडौं-नेत्रविक्रम चन्द (विप्लव) को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीमा फुट नआएको दाबी गरेको छ । कृष्णप्रसाद धमलाको नेतृत्वमा गठन भएको मञ्चलाई विप्लव समूहले ‘सकारात्मक’ बताएको छ ।

पार्टीबाट अलग भएर बेग्लै मञ्च घोषणा गरेका पूर्वनेता कृष्णप्रसाद धमला प्रतिबिन्धतकालमै पार्टी छाडेर स्वतन्त्र भएको विप्लव समूहले स्पष्ट पारेको छ । धमलाले गठन गरेको मञ्चलाई पार्टी विभाजन मान्न नमिल्ने उसले बताएको छ ।

शनिबार पार्टीको केन्द्रीय कार्यालयका तर्फबाट असलले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘समाजवाद र क्रान्तिका पक्षमा मञ्चबाट योगदान गर्ने जुन सोचाइ अगाडि सारिएको छ, त्यो कुरा आन्दोलनका लागि सकारात्मक नै हुनेछ ।’

पूर्वपोलिटब्यूरो सदस्य कृष्णप्रसाद धमलाद्वारा गठन गरिएको समाजवादी मञ्चलाई फार्टी फुट भन्न र मान्न नसकिने बताउँदै विप्लव समूहको वक्तव्यमा भनिएको छ, ‘प्रतिबन्धको समयमै पार्टीबाट स्वतन्त्र रहेको वक्तव्य दिएका श्री कृष्ण धमलाद्वारा निर्माण गरिएको मञ्चलाई पार्टी फुटको संज्ञा दिइएको छ । उक्त कुरालाई पार्टी–फुट भन्न र मान्न सकिँदैन ।  यो दलाल पुँजीवादी संसदवादीहरुलाई फाइदा पुग्ने गरी गरिएको भ्रामक प्रचार मात्र हो ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu