Connect with us
Kapilvast Forest

चन्द्रौटामा खुल्ला नकआउट भलिबल प्रतियोगिता, रोहिणी भलिबल क्लव देवदह प्रथम

२०७६, १० श्रावण शुक्रबारमा प्रकाशित

नवराज पौडेल  कपिलवस्तु साउन १०

कपिलवस्तुको शिवराज नगरपालिका स्थित वार्ड नं ५ चन्द्रौटामा संचालन भएको खुल्ला नकआउट भलिबल प्रतियोगिता विहिबार सम्पन्न भएको छ ।

समिती युथ क्लवको आयोजनामा यही साउन ७ गते बाट सुरु भएको खुल्ला नकआउट भलिबल प्रतियोगिता विहिबार सम्पन्न भएको हो । विहिबार भएको फाइनल खेलमा प्रदेश नं. ५ वाहिनी एपीएफ चन्द्रौटालाई ३—० को सोजो सेटमा पराजित गर्दै रोहिणी भलिबल क्लव देवदहले प्रथम स्थान हासिल गर्दै मेडल,ट्रफी प्रमाण पत्र सहित रु.३०,००० को उपाधीको हात पारेको छ ।भने एपीएफ ले रु २०,००० मा नै चित्त बुझाएको छ ।

यस्तै आयोजक बी टिम लाई पराजित गर्दै नमुना ज्योती युवा क्लव हल्लानगरले तृतिय स्थान हासिल गरि रु १०,००० प्राप्त गरेको समिती युथ क्लवका प्रवक्ता गम्भिर पुनले जानकारी दिनुभयो ।

खेल जगतको विकास गर्न साथै ओझेलमा पर्दै गएको भलिबल खेलको माध्यमबाट शिवराज नगरपालिका लाई साथै कपिलवस्तु जिल्लाकै चिनारी राख्ने उद्देश्यले साथै भलिबल खेलको विकास गर्न आयोजना गरिएको र खेल भव्य रुपले सम्पन्न भएको समिती युथ क्लबका अध्यक्ष सिद्धिमान जि.सी ले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj