Connect with us
Kapilvast Forest

आन्तरिक उडान रोक्ने तयारी, भारतसहितका देशमा उडान बन्द गर्न सीसीएमसीको सिफारिस

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

काठमाडौँ- कोरोना-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले आन्तरिक उडान बन्द गर्न सिफारिस गरेको छ ।कोरोना महामारी नियन्त्रणबाहिर जान सक्ने भएकाले आन्तरिक उडान बन्द गर्न सिफारिस गरिएको संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।

सरकारले कोरोना सङ्क्रमित बढेका जिल्लामा निषेधाज्ञा लगाएर गाडी चल्न बन्द गरे पनि आन्तरिक उडान भने खुला नै रहेका छन् ।सुरक्षाका उपाय अपनाएर उडान गर्दा पनि जोखिम नै देखिएकाले उडान बन्दको सिफारिस गरिएको मन्त्री ढकालले जानकारी दिनुभयो । यसैबीच सरकारले कोरोना सङ्क्रमणको अवस्था भयावह भएका देशबाट नेपालमा हुने उडान रोक्ने तयारी गरेको छ ।

सीसीएमसीले भारतसहित सङ्क्रमण उच्च रहेका देशबाट नेपालमा हुने उडान रोक्न सिफारिस गरेको पर्यटनमन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।सीसीएमसीका सिफारिस मन्त्रिपरिषद्ले पारित गरेपछि लागू हुनेछन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj