Connect with us
Kapilvast Forest

एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक जारी

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

काठमाडौं-नेकपा एमाले लुम्बिनी प्रदेशको संसदीय दलको बैठक सुरु भएको छ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट दिएर एकल बहुमतका साथ सरकार बनाउन दलको बैठक बोलाउनुभएको हो । मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस,माओवादी केन्द्र लगायतका दलहरुले दर्ता गरेको अबिश्वास प्रस्तावबारे आजै प्रदेश सभामा छलफल शुरु हुंदै थियो।

माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारवाहीमा परेपछि प्रदेशसभा अहिले ८१ सदस्यीय छ। बैशाख ६ मा उहाँविरुद्ध कांग्रेस माओवादी सहितका दलले अविश्वाशको प्रस्ताव ल्याएका थिए।

मुख्यमन्त्री पोखरेललाई विश्वासको मत जित्नका लागि ४१ सांसद चाहिन्छ। एमालेका कुल सांसदको संख्या पनि ४१ नै हो। मन्त्री बनाएपछि आफूलाई साथ दिएका जसपाका ४ सदस्य निश्काशनमा परेपछि मुख्यमन्त्री शंकर पोखरेललाई विश्वाशको मत लिन ४१ मत आवश्यक पर्छ।

जुन एमालेको थियो। तर, दुई जना प्रदेशसभा सदस्य माधव नेपाल समूहका रहेकाले उनीहरुको भूमिका के हुने थियो भन्ने कुरा एमालेभित्र संशय रहेको एमाले स्रोत जनाएको छ।अबको कार्यदिशा बारे छलफल गर्न संसदीय एमाले संसदीय दलको बैठक बुटवलमा सुरु भएको हो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu