शिवगढीमा कोरोना विरुद्ध जनस्वास्थ्य सेवाको उद्घाटन
कोरोना विरुद्ध जनस्वास्थ्य सेवाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्रविक्रम चन्द विप्लपले वडा बासिहरुको सहज उपचारका लागि आइशोलेशन संचालन ल्याउनु सराहनिय काम भएको बताउनु भयो । अहिले कोरोनाको दोस्रो स्वरुप निकै खतरनाक रहेकोले यसबाट बच्न र बचाउन सबै लागि पर्नु पर्ने स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्नु पर्ने बताउनु भयो ।

आइशोलेशन संचालन गर्न पार्टिले एक लाख बराबर आर्थिक सहयोग गरेको बताउदै महासचिव चन्दले नागरिकको स्वास्थ्य सुरक्षा नै अहिलेको पहिलो प्राथमिकता भएको बताउनु भयो । कोरोनाको उपचार असम्भव बन्दै गएको अवस्थामा यस महामारीबाट बच्न स्वास्थ्य मापदण्ड पालन गर्दै अरुलाई पनि बचाउनु पर्ने आजको आवश्कता रहेको उहाँले बताउनु भयो । वडामा संचालनमा आएको आइशोशनलाई अझ विस्तार गर्न प्रभावकारी सेवा प्रदान गर्न पार्टिले सरकार संग पहल गर्ने प्रतिवद्धता समेत महासचिव चन्दले व्यक्त गर्नु भयो ।
वडाबासीलाई कोरोना संक्रमण बाट बचाउन र संक्रमितलाई सहज उपचार पहुँचका लागि सर्वपक्षिय छलफलबाट वडाको सुन्दरी डाडामा रहेको प्रकाश मा.वि.लाई आइशोलेशन बनाइ संचालनमा ल्याउन लागिएको वडा अध्यक्ष चुर बहादुर खड्काले बताउनु भयो । “अहिले नागरिकहरुको स्वास्थ्य सुरक्षा नै पहिलो प्राथमिकता हो वडाका अन्य सम्झौता नभएका बजेटहरु पनि हामी रकमान्तर गरी आइशोलेशन संचालन गछौ” अध्यक्ष खड्काले भन्नु भयो ।

कार्यक्रममा नेकपा महासचिव विप्लपका छोरा डा. प्रकाश चन्दले शिवगढी बासी नागरिकलाई कोरोनाबाट बचाउन आफु पनि यसै आइशोलेशनमा खटिने बताउनु भयो । यस आइशोलेशनमा बस्ने संक्रमितहरुको कोरोना टेस्ट गर्नुका साथै संक्रमितलाई योग,सामान्य कसरत, बेसारपानि, नुनपानी गार्गन, फ्रेस फलफुल दैनिक दुई पटक, जाउलो २ छाक, वाफ २ पटक, साउन बाथ दैनिक ३ पटक ,औषधी, अक्सिजन लगायतका सेवा दिइने डा. चन्दले बताउनु भयो । कोरोना संक्रमणबाट सिकिस्त भएर अस्पताल जादाँ अहिले अस्पतालमा बेड नपाइने समस्या रहेकोले कोरोनाको लक्षण देखिए संगै उपचार सुरु गर्न आइशोलेशन संचालन गरिएको उहाँले बताउनु भयो । अहिले तत्काल नेपाल कम्युनिष्ट पार्टिबाट ५ थान बेड र वडा बाट १० थान बेड र अक्सिजन उपलब्ध भएको उहाँले बताउनु भयो ।
वडा अध्यक्ष चुर बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टिका महासचिव नेत्रविक्रम चन्द विप्लपको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा नेकपा नेता चन्द्रबहादुर चन्द विरजंग, सरस्वती मा.वि.का प्रअ विक्रम के.सी.ले मन्तव्य राख्नु भएको थियो भने वडा नं. ९का वडा सचिव प्रेमसागर वलिले कार्यक्रम संचालन गर्नु भएको थियो ।