Connect with us
Kapilvast Forest

लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा चार मन्त्री नियुक्त

२०७८, १९ बैशाख आईतवारमा प्रकाशित

बुटवल – मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएसंगै मन्त्रिपरिषद विस्स्तार गर्नु भएको छ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले चार जना मन्त्री नियुक्त गर्नु भएको हो । नवनियुक्त मन्त्रीमा वैजनाथ चौधरी, सन्तोष पाण्डे, हरि रिजाल र विजय यादव रहनु भएको छ ।

चौधरी र रिजाल एमाले सांसदहो भने पाण्डे र यादवलाई जनता समाजवादी पार्टीले सांसदबाट निष्कासन गरिसकेको छ।मुख्यमन्त्री कार्यालयका अनुसार, चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मा दिइएको छ। भौतिक पूर्वाधार मन्त्रालय पाण्डेले पाउनु भएको छ रिजाललाई स्वास्थ्य तथा जनसंख्यामन्त्री र यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा नियुक्त गरिएको छ।

नवनियुक्त नवनियुक्त मन्त्रीले आइतवार नै  पद तथा गोपनीयताको शपथग्रहण गर्नु भएको छ । पाण्डे र यादव यसअघि जनता समाजवादी पार्टीका तर्फबाट मन्त्री हुनु भएको हो । तर, उहाँहरूलाई पार्टीले कारबाही गरेपछि सांसद पद गुमेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu