कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण
काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । शर्माले ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा उहाँमा कोरोना भाइरस संक्रमण भएको जनाउनुभएको हो ।
उहाँले सामाजिक सन्जालमा लेख्नुभएको छ ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार अस्पताल पुगेर स्वाब दिनु भयो । बिहानिपख रिपोर्ट आयो पोजेटिभ ।
टेकुका डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु । डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ ।