उपचारको क्रममा नेपाली कांग्रेस वडा सभापति पाण्डेको मृत्यु
कपिलवस्तु -कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नः ३ का नेपाली कांग्रेस वडा सभापति खिमानन्द पाण्डेको मृत्यु भएको छ । उपचारका क्रममा उहाँको हिजो बिहान मृत्यु भएको हो । उहाँको घर बाणगंगा ३ गंगौलीमा रहेको छ ।
गत माघमा बाणगंगाको गजेहडामा पैदल हिडिरहेका पाण्डेलाई मोटरसाइकलले ठक्कर दिएपछि काठमाण्डौको शिक्षण अस्पतालमा उपचार भई रहेको थियो ।पाण्डे नेपाली कांग्रेस बाणगंगा लोकप्रिय नेता समेत रहेका थिए । उहाँको घरमा एक श्रीमति र एक छोरा हुनुन्छ ।