Connect with us
Kapilvast Forest

नेपाल समूह : ओलीलाई विश्वासको मत दिनुभन्दा सामूहिक राजीनामाको तयारी !

२०७८, २१ बैशाख मंगलवारमा प्रकाशित

काठमाडौं -नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहका २१ सांसदले सामूहिक राजीनामा दिने बिषयमा छलफल थालेका छन्।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले यहि २७ गते संसदमा विश्वासको मत लिने भएपछि नेपाल पक्षका सांसदले त्यसअघि नै राजीनामा दिनेबारे छलफल थालेका हुन्।

विश्वासको मत दिएपनि ओलीले कारवाही गर्ने संकेत पाएपछि उनीहरुले त्यसअघि नै राजीनामा दिनेबारे छलफल अघि बढाएको स्रोतले जनाएको छ। उनीहरुलाई पार्टी विधान विपरित गतिविधिमा लागेको भन्दै ओलीले स्पष्टीकरण सोधिसक्नु भएको छ ।

नेपालनिकट एक सांसदले अहिले बिभिन्न बिषयमा छलफल भईरहेको र एउटा बुँदा सामूहिक राजीनामा पनि भएको थाहा खबरलाई बताए । उनले भने ‘बिभिन्न कोणबाट छलफल भईरहेको छ, एउटा बुँदा त्यो पनि हो । अहिले औपचारिक निर्णय भने भईसकेको छैन।’

फ्लोर क्रस गरे पनि कारवाही हुने, ओलीलाई विश्वासको मत दिएपनि कारवाही हुने भएपछि त्यो भन्दा उत्तम विकल्प राजीनामा नै हुने देखिएको ती सांसदको भनाइ छ। तर नेपाल पक्षकै केही सांसदहरुले भने यस बिषयमा आफूलाई जानकारी नभएको बताएका छन्।

नेपाल निकट सांसद रामकुमारी झाँक्रीले आफूलाई यस बिषयमा जानकारी नभएको बताइन्। यस बिषयमा नेपाल पक्षले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई जानकारी समेत गराउन लागेको बताइएको छ ।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल एमालेको हाल १ सय २१ सांसद छन् । नेपाल समूहका २१ प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा दिएमा १ सय जना मात्र बाँकी रहनेछन् । त्यस्तो अवस्थामा ओलीको विश्वासको मत गुम्ने खतरा रहन्छ ।

नेकपा हुँदा माओवादी अध्यक्ष प्रचण्ड गुटमा देखिएको एमालेको नेपाल समूह अदालतको फैसलापछि एमालेमै रहेको ओलीविरुद्ध आन्तरिक संघर्ष गर्नेगरि फर्किएको थियो । त्यसयता यो समूहले पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएको छ भने, ओली पक्षले त्यसैका नाममा कारवाहीको डण्डा चलाउँदै गएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu